जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ९ जना घाइते
धनुषा | मंसिर १७, २०७९
सांकेतिक तस्बिर
धनुषाः पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् ।
आज बिहान महोत्तरीको पीपरा गाउँपालिका गम्हरियाका जन्ती बोकेर इँटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९६ नम्बरको जीप वीरेन्द्रबजारमा दुर्घटना भएको हो ।
ज्यान गुमाउनेमा तीन जना महिला, एक जना बालक र एक जना पुरुष रहेका धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभएको छ । घाइतेहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल धनुषा पठाइएको उहाँले बताउनु भयो ।
ज्यान गुमाउनेमा महोत्तरीको पिपरा गाउँपालिकाका ११ वर्षीय एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनियाँ तुल्सीयाहीकी ३५ वर्षीया रुविकुमारी साहबाहेक अन्यको परिचय खुलेको छैन ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

